मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो ‘धुलो रहित’ बनाउन सव-बेस र बेस निर्माण हुँदै

  • A
  • A+
  • A++

८ श्रावण, चितवन । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो ‘धुलो रहित’ बनाउन सव-बेस र बेस निर्माण गरिरहेको छ ।

विज्ञापन १

बनकट्टादेखि ध्रुब खण्डमा कालोपत्रे गर्न मिल्ने स्तरको ३.४ किलोमिटर सवबेस र बेस निर्माण भइरहेको हो । कालोपत्रे गर्न मिल्ने गुणस्तरको बेस निर्माण हुँदैगर्दा त्यसलाई धुलोरहित बनाउन एक प्रकारको रंगहीन तरल पदार्थ हाली माटोकै रंगको उच्चस्तरीय सडक बनाउन समेत नगरपालिकाले परामर्श थालेको छ ।

विज्ञापन २

यसका लागि एक अमेरिकी कम्पनीसंग कुराकानी भइरहेको र बजेट व्यवस्थापन भएको ३ महिनामै सो तरल पदार्थ डेलिभरी हुने कम्पनीबाट जानकारी आएको नगरप्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो । सो झोल पदार्थ राखेको बाटो कालोपत्रेभन्दा पनि गुणस्तरीय हुने, न्यूनतम् १० बर्षसम्म टिकाउ हुने र केवल १० करोड रुपैंयाबाटै निर्माण पुरा हुने मेयर ढकालको भनाई छ । त्यस प्रकारको धुलोरहित सडक निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्ज र वन विभाग तयार रहेको समेत उहाँले जानकारी दिनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया