माडी काँग्रेसका युवा अगुवा चापागाईं तरुण दलको प्रदेश समन्वय समितिमा मनोनित

264
SwadeshPost

१२ श्रावण, चितवन । माडी काँग्रेसका युवा अगुवा नवराज चापागाईं तरुण दलको वागमती प्रदेश स्तरीय उद्योग, बाणिज्य तथा व्यापार समन्वय समिति सदस्यमा मनोनित हुनुभएको छ ।

नेपाली काँग्रेस सम्बद्ध युवा संगठन तरुण दलको केन्द्रीय बैठकले माडीका फेन्सी एवं जुत्ता-चप्पल व्यवसायी समेत रहेका चापागाईंलाई सो पदमा मनोनयनको निर्णय गरेको हो । मुख्यतः उद्योगी व्यवसायीहरुलाई समन्वयको जिम्मेवारी रहेको सो समितिमा भरतपुरका अन्य दुईसहित चितवनबाट तीनजना मनोनित भएका हुन् ।

SwadeshPost