पछिल्लो समय माडी क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या तीब्र दरमा बढ्दै

408
SwadeshPost

१२ श्रावण, चितवन । पछिल्लो समय माडी क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन तीब्र दरमा बढ्न थालेको छ ।

श्रावण ११ गते सम्मको तथ्यांक अनुसार माडी क्षेत्रभर १०४ जना सक्रिय संक्रमित रहेका छन् । माडीको वडा नं.१मा ९ जना, वडा नं. २मा ८ जना, ३मा ६ जना, ४मा ९ जना, ५मा २२ जना, ६मा २४ जना, ७मा १० जना, ८मा १० जना र ९मा ६ जना सक्रिय संक्रमित रहेका छन् । बैशाख-जेष्ठमा ५० जनाको औसतमा सिमित रहेको यो संख्या असार मध्यदेखि निरन्तर उकालो लागिरहेको हो ।

यस नगरक्षेत्रमा कोरोनाका कारण वडा नं. ८ बाहेक अन्य सबै वडाहरुमा संक्रमितको ज्यान गएको छ । माडी ९मा १ जना, ७मा २ जना, ६मा २ जना, ५मा २ जना, ४मा १ जना, ३मा २ जना, २मा १ जना र वडा नं. १मा पनि १ जनाको कोरोनाको कारण ज्यान गएको हो । कूल ज्यान गुमाउनेको संख्या १२ पुग्दैगर्दा हालसम्म कूल संक्रमितको संख्या भने ७५६ पुगेको छ । हालसम्म करीब ४ हजार जनाको स्वाब परीक्षण भइसकेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

SwadeshPost