ट्वन्टीवान ग्रुपले गरेको प्लटिङको जमीन बैद्य माओवादीद्वारा कब्जाको दाबी

288
SwadeshPost

१६ असार, चितवन । माडीको पौहारी गाउँमा ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.को गरेको प्लटिङको जमीन नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले कब्जा गरेको दावी गरेको छ ।

मोहन बैद्य नेतृत्वको सो पार्टीले माडी-२, पौहारीस्थित ट्वन्टीवान ग्रुपको प्लटिङमा झण्डा र ब्यानर टाँगेर जमीन कब्जा गरेको जनाएको हो । पार्टीका केन्द्रीय सदस्य घननाथ सापकोटा विकास र जिल्ला सेक्रेटरी अशोक शर्मासंगै चितवन जिल्लास्तरका नेताकार्यकर्ताहरुको सहभागीतामा एक संक्षिप्त कोणसभा मार्फत सो प्लटिङको जमीन कब्जाको घोषणा भएको हो ।

कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी शर्माले प्रतिक्रियाबादी सत्ताको आडमा जग्गा खण्डिकरण गरी प्लटिङ गरिएको आरोप लगाउँदै थप खण्डिकरण भए अझै सशक्त प्रतिरोध गरिने बताउनुभएको थियो ।

SwadeshPost