आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

आर्थिक बर्ष २०७८/७९ माडीका एक दर्जन बाटोहरु कालोपत्रे तथा ग्राभेल हुने

  • A
  • A+
  • A++

१६ असार, वागमती प्रदेश सरकारको बजेटबाट चालू आर्थिक बर्ष २०७८/७९ मा माडीका एक दर्जन बाटोहरु कालोपत्रे तथा ग्राभेल हुने भएका छन् ।प्रदेश सरकारले माडी-८ मा खरकट्टाको बैकुण्ठ चोकबाट बैकुण्ठेश्वर महादेव मन्दिर पुग्ने बाटो कालोपत्रेका लागि ४ करोड रुपैैया बजेट विनियोजन गरेको छ । त्यसैगरी माडी-१ मा सेरुवा चोकदेखि बाटेटोल हुँदै पाण्डवनगर जाने बाटो कालोपत्रेका लागि १० लाख र माडी-२ मा नयाँपर्सा चोकदेखि बैराठ जाने बाटो कालोपत्रेका लागि ३० लाख छुट्याएको छ ।

विज्ञापन १

सडक मर्मत वा ग्राभेल कार्य अन्तरगत माडी-७ देबेन्द्रपुरबाट शनिमन्दिर हुँदै स्याउलीबासबाट ढुकुरबारी पुग्ने बाटो मर्मतका लागि ७५ लाख, नगरपालिका कार्यालयबाट छरछरे हुँदै सोमेश्वर कालिका जाने बाटोका लागि १० लाख, रमाइलोडाडा छरछरे सडकका लागि ५० लाख र खरकट्टा पनेरु चोकबाट शिवद्वार होमस्टे जाने बाटो मर्मतका लागि १० लाख रुपैंया विनियोजित छ ।यसबाहेक सशर्त अनुदान अन्तरगत अम्बाबासबाट सितलपुर हुँदै घोसरी जाने बाटो मर्मतका लागि २५ लाख छुट्याइएको छ ।

विज्ञापन २

समपुरक अनुदान अन्तरगत रमाइलोडाँडा दराई चोकदेखि शिवालय चोकसम्म सडक कालोपत्रेका लागि १ करोड, खरकट्टा गेटदेखि शिवालय हुँदै घाँघर पुलसम्म बाटो कालोपत्रेका लागि १ करोड र अम्बाबासदेखि कुन्तिपुरहुँदै सितलपुर पुग्ने बाटो कालोपत्रेका लागि समेत समान १ करोड बजेट राखिएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया