बागमती प्रदेश सरकारले माडी क्षेत्रका लागि छुट्यायो ३० करोडका ५४ योजनाहरु

197
SwadeshPost

१६ असार, वागमती प्रदेश सरकारले चालू आर्थिक बर्ष २०७८/७९ का लागि माडी क्षेत्रमा करीब ३० करोड रुपैंया बजेटका ५४ वटा योजना र कार्यक्रमहरु ल्याएको छ ।

चितवन क्षेत्र नं. ३ (ख) का लागि विनियोजित ५३ करोड ९४ लाख ५७ हजार रुपैंया बजेटमध्ये माडी क्षेत्रलाई २९ करोड ६७ लाख ५७ हजारका योजनाहरु परेका हुन् । बाँकी बजेटबाट निर्वाचन क्षेत्र अन्तरगत पर्ने भरतपुर क्षेत्रमा ४२ वटा योजनाहरु सञ्चालन हुनेछन् ।

स्वीकृत बजेटबाट माडी नगरपालिकामा सडक कालोपत्रे, सडक मर्मत, सिंचाई, नदी नियन्त्रण, खानेपानी, एम्बुलेन्स खरिद, रिउ करिडोर तटबन्धन, एक विद्यालय एक नर्स कार्यक्रम, शिक्षक सहयोग अनुदान, विभिन्न्न भवन, कभर्डहल, उद्यान, मन्दिर, स्तम्भ र अस्पताल भवन निर्माण तथा खेल मैदान बनाउने लगायतका कार्यक्रमहरु सञ्चालन हुने चितवन ३ (ख)का प्रदेश सांसद रामलाल महतोले जानकारी दिनुभयो ।

SwadeshPost