बागमती प्रदेश सरकारले माडीका आधा दर्जन सिंचाई र खानेपानी योजनाहरुका लागि बजेट

285
SwadeshPost

१६ श्रावण, चितवन । बागमती प्रदेश सरकारले माडीका आधा दर्जन सिंचाई योजना र सो बराबरकै संख्यामा खानेपानी परियोजनाहरुका लागि बजेट छुट्याएको छ ।

प्रदेश सरकारले लक्ष्मुनियाँ-कल्याणपुर-बरुवा डिप ट्युबवेल सिंचाईका लागि २ करोड ३७ लाख र संघ सशर्त अनुदान शीर्षक अन्तरगत मगोई सिंचाई योजनाका लागि ३ करोड ५० लाख रुपैंया सिंचाईमा खर्च गर्ने भएको छ ।त्यस्तै, रिउ परुई सिंचाई परियोजनाका लागि ५० लाख, घाँघर सिंचाई परियोजनाका लागि २० लाख, अनार खोला सिंचाई आयोजनाका लागि ३० लाख, माथिल्लो चितही खोला सिंचाई योजनाका लागि १५ र तल्लो चितहीका लागि १० लाख, खरकट्टा डीप ट्युबवेल सिंचाई योजनाका लागि ४० लाख, चौकीडाँडा सिंचाई डिप बोरिङका लागि १० लाख र गणेशकुञ्ज डिप ट्युबवेल सिंचाईका लागि ३० लाख रुपैंया छुट्याएको छ ।

यसबाहेक खानेपानी परियोजनाहरुतर्फ, खरकट्टा शिवद्वार खानेपानी आयोजनाका लागि ९० लाख, अयोध्यापुरी खानेपानी आयोजनालाई २० लाख, गर्दी खानेपानीलाई ५० लाख, बघौंंडा खानेपानीलाई ५० लाख, कुसुमेखोला खानेपानीलाई ४० लाख र कल्याणपुर खानेपानीलाई १० लाख रुपैंया बजेट समेत विनियोजन गरेको जनाइएको छ ।

SwadeshPost