सांसद महतोको पहल र छनौटमा माडीमा भौतिक निर्माणका दर्जनौं परियोजना अगाडि बढ्दै

147
SwadeshPost

१७ श्रावण, चितवन । प्रदेश सांसद रामलाल महतोको पहल र छनौटमा वागमती प्रदेश सरकारले माडी क्षेत्रमा भौतिक निर्माणका दर्जनौं परियोजनाहरु अगाडि बढाएको छ ।

भौतिक पूर्वाधार निर्माण अन्तरमा माडी-३ बघौंडास्थित कभर्ड हल निर्माणका लागि थप १ करोड ३० लाख छुट्याइएको छ । त्यस्तै माडी-६ स्थित स्व.कर्ण बहादुर घर्ती स्मृति प्रतिष्ठानको अतिथि भवन निमाणका लागि १५ लाख, माडी-६ मै शिवालय मन्दिर भौतिक पूर्वाधार निर्माणका लागि १० लाख, माडी-४ मा रेडहिल पार्क तथा पिकनिक स्पट निर्माणका लागि ४० लाख, माडी-४ मै एकता स्तम्भ तथा शहीद पार्क निर्माणका लागि ४५ लाख र माडी-६ मा पुष्प मदन बाटिका निर्माणका लागि २० लाख छुट्याइएको छ ।

यसैगरी, बैकुण्ठ तालबाट धनलक्ष्मी छाँगो जाने झोलुंगे पुलको डि.पी.आर. बनाउन १० लाख, एम्बुलेन्स खरिदका लागि ३५ लाख, दुरा समुदायको साँस्कृतिक भवन निर्माणका लागि १५ लाख, दुरा समुदायकै सामुदायिक भवन निर्माणका लागि १० लाख, बघौंडा अस्पतालमा ब्लक ए भवन निर्माणका लागि ६० लाख, फुटबल खेल मैदान निर्माणका लागि १० लाख र मजुवा विद्यालयमा पूर्वाधार निर्माणमा १० लाख रुपैंया विनियोजित रहेको चितवन क्षेत्र नं. ३ (ख)का प्रदेश सांसद रामलाल महतोले जनाउनुभयो ।

SwadeshPost