आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिकाले व्यवसायीहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने

  • A
  • A+
  • A++

१७ श्रावण, चितवन । माडी नगरपालिकाले नगर क्षेत्रका व्यवसायीहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने भएको छ ।

विज्ञापन १

स्वदेशसंग कुराकानी गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले कोरोनाको उच्च जोखिममा रहने व्यवसायीहरुलाई समेत खोप लगाउन लागिएको बताउनुभयो । यसका लागि उद्योग बाणिज्य संघ माडीसंग समन्वय गरी व्यवसाय सञ्चालनमा प्रत्यक्ष जोडिएका व्यवसायीलाई सोमबारदेखि जोनसोन खोप लगाउन लागिएको उहाँको भनाई छ । पसल व्यवसायमा एकभन्दा धेरैजना जोडिएको भए सिफारिस अनुसार उनीहरुलाई पनि खोप दिइने उहाँले बताउनुभयो ।

विज्ञापन २

यसैबिच, बघौंडा अस्पताल अन्तरगतको फिभर डेस्कमा दैनिक परीक्षणमा आएकामध्ये कम्तीमा एक तिहाई नमुनाहरुमा कोरोना पोजेटिभ देखिने गरेको छ । दैनिक ३० देखि ५० जनासम्मको स्वाब परीक्षण हुनेगरेकोमा १० देखि २० जनासम्मको रिपोर्ट पोजेटिभ आउने गरिरहेको अस्पतालका डा. आलोक कुमारले जानकारी दिनुभयो । समुदायमा कोरोनाप्रति लापरवाही र बेवास्ता बढिरहेकाले यो संख्या निरन्तर बढिरहेको उहाँको टिप्पणी छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया