बैद्य माओवादीले जग्गा कब्जा गरेको प्रति माडी नगरपालिकाद्वारा निन्दा र भर्त्सना

337
SwadeshPost

१७ श्रावण, चितवन । माडी-३, पौहारीमा ट्वन्टीवान ग्रुपको नाउँमा रहेको जग्गामा नेकपा (क्रान्तिकारी माओवादी)ले कब्जाको नाउँमा झण्डा गाडेको प्रति माडी नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगरप्रमुख ठाकुर प्रसाद ढकालले एक वक्तव्य जारी गर्दै सो प्रकरणमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो । यस सम्बन्धमा नगरपालिकाले सर्वदलिय बैठकको आव्हान गरी छलफल समेत गरेको जानकारी गराउँदै वक्तव्यमा, अरुको स्वामित्वमा रहेको जग्गा कब्जा गर्ने कार्यको घोर निन्दा र भर्त्सना गरिने उल्लेख गरिएको छ ।

आगामी दिनहरुमा व्यक्तिगत सम्पत्ति, कम्पनीहरुको नीजि सम्पत्ति, संघसंस्थाहरुको सम्पत्ति एवम् माडी नगरपालिका भित्र रहेका कुनै पनि सार्वजनिक सम्पत्तिहरु पार्टीको नामबाट कब्जा गर्ने कार्य नदोहोर्याउन वक्तव्यमार्फत सम्बन्धित पार्टीको ध्यानाकर्षण समेत गराइएको छ ।

SwadeshPost