चितवन । ‘राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज’ र ‘द चाइना फाउन्डेसन फर प्रोभर्टी एलिभिएशन’ नाउँका संस्थाकाे सहयोगमा माडीका ४ वटा सामुदायिक विद्यालयहरूलाई शैक्षिक सामग्री प्रदान भएको छ ।
माडी-१ वडा कार्यालयको पहल, महानायक राजेश हमालको समन्वय तथा राष्ट्रिय अपाङ्ग उत्थान समाजको आयोजनामा नगर क्षेत्रभित्र रहेका बहुसंख्यक आदिवासी, जनजाति, दलित तथा सीमान्तकृत विपन्न विद्यार्थीहरूका लागि करीब १४ लाख रूपैंया बराबरको शैक्षिक सामग्री प्रदान भएको हो ।
प्रदत्त सामग्रीहरू माडी-१ स्थित राष्ट्रिय आधारभूत विद्यालय पाण्डवनगरका १०० जना विद्यार्थी, माडी-२ स्थित राष्ट्रिय आधारभूत विद्यालय देविस्थान सितलपुरका ५१ जना विद्यार्थी, माडी-७ स्थित दक्षिणकालिका राष्ट्रिय आधारभूत विद्यालय, देबेन्द्रपुरका १४० जना विद्यार्थी र माडी-९ स्थित श्री माध्यमिक विद्यालय बाँदरझुलाका ४०९ जना विद्यार्थीहरुले प्रयोगमा ल्याउने वडाध्यक्ष कृष्ण प्रसाद पाैडेलले जनाउनुभयो ।