आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

जग्गा कब्जाको प्रयास भए ‘सचेततापूर्वक प्रतिरोध’ गर्ने माडीका युवाहरुको चेतावनी

  • A
  • A+
  • A++

१८ श्रावण, चितवन । जग्गा खण्किरण सम्बन्धी विवादका बिच माडीमा जग्गा कब्जासम्मको घटना भएसंगै स्थानीय युवाहरुले ‘सचेततापूर्वक प्रतिरोध’ गर्ने जनाएका छन् ।

विज्ञापन १

बसन्तपुर बजारका खेलाडीहरू संलग्न ‘माडीप्रेमी युवा समूह’ले सामुहिक हस्ताक्षरयुक्त प्रेस वक्तव्य जारी गर्दै ‘माडी र माडीबासीहरुप्रति नकारात्मक धारणा बढ्न सक्ने कुनैपनि कदमको सचेततापूर्वक प्रतिरोध’ हुने जनाएको हो । वक्तव्यमा, पछिल्लो समय माडी क्षेत्रमा जग्गा खण्डिकरण सम्बन्धी विवाद बढ्दै जग्गा कब्जा सम्मको घटना भएकोप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको समेत उल्लेख गरिएको छ ।

विज्ञापन २

कुनैपनि विवाद आपसी सहमती वा समझदारीमा हल गर्न र कहिँकतै कुनै गैरकानुनी काम भएको भए कानुन बमोजिम समाधान खोज्न अनुरोध गर्दै सो समूहले विवादकै सन्दर्भमा जग्गा कब्जा वा कुनैपनि प्रकारको हुलहुज्जत वा बल प्रयोग नगर्न अनुरोध गरेको हो । वक्तव्यमा, समूहको नाम सुरूमा ‘हामी युवा’ रहेकोमा पछि परिवर्तन गरी माडीप्रेमी युवा समूह राखिएको पनि जनाइएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया