स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा राज्यबाट सुरक्षाकर्मीबाहेक कुनैपनि सेवा सुविधा नलिने घोषणा

369
SwadeshPost

१८ श्रावण, चितवन । माडी ४ का काँग्रेस क्रियाशील सदस्य समेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यबाट सुरक्षाकर्मीबाहेक कुनैपनि सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ ।

पदभार सम्हालेको १०औं दिनमा आगामी १०० दिनको कार्ययोजना प्रस्तुत गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मीबाहेक आवास, गाडी र तलबभत्ता नलिने बताउनुभएको हो । साथै, उहाँले मन्त्री पदमा रहुञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग रहँदै स्वार्थ बाँझिने कुनै पनि काम नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । कार्ययोजनामा आगामी माघभित्र ५ करोड २२ लाख खोप प्राप्त हुने लगायतको बुँदा उल्लेख गरिएको छ ।

SwadeshPost