बाँदरझुलाका क्रिश्चियन मण्डलीहरुले स्पष्टिकरण सोध्नेदेखि चर्चबाट निष्काशन गर्नेसम्मका नियम लागु

123
SwadeshPost

२० असार, चितवन । माडी बाँदरझुलाका क्रिश्चियन मण्डलीहरुको संयुक्त बैठकले नियम उल्लंघन गर्ने विश्वासीहरुलाई स्पष्टिकरण सोध्नेदेखि चर्चबाट निष्काशन गर्नेसम्मका नियम लागु गरेको छ ।

बैठकले मण्डलीका पास्टर तथा अगुवाहरुले आफ्नो घर राम्ररी चलाएको तथा मद्यपान, धुम्रपान, सुर्तिजन्य पदार्थ साथै लागुऔषध दुव्र्यशनमा नलागेको हुनुपर्ने मापदण्ड तोकेको छ । त्यस्तै, विश्वासीहरुले क्रिश्चियन बाहेकसंग विवाह गर्न नहुने, बिश्वासीले अविश्वासीसंग बिवाह गरेमा मण्डली वा संगतीमा महिनौंसम्म सहभागी हुन नदिने तथा मण्डली अन्तरगतको कार्यभारको जिम्मेवारी नदिने पनि निर्णय गरेको छ ।

यसबाहेक मद्यपान, धुम्रपान, सुर्तिजन्य पदार्थ सेवन गर्ने बिश्वासीहरुलाई त्यस्ता व्यवहारबाट छुटाउन तीन पटकसम्म सम्झाउने र तीन पटकसम्म सम्झाउँदा पनि ‘पश्चाताप गरेर’ परिवर्तन नभए चर्चबाट निष्काशन गर्ने नियम बनाइएको छ । संगतीमा आउनेहरुमा अनुशासन कायम राख्न भन्दै बाँदरझुलास्थित सियोन ख्रिष्टियन मण्डली र पवित्र बिजय मण्डलीको संयुक्त परिषद्को भेलाले सो नियम लागु गरेको हो ।

SwadeshPost