माडीमा एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टी, परीक्षित आधाभन्दा धेरैमा संक्रमण देखिँदै

203
SwadeshPost

२० श्रावण, चितवन । माडीमा बुधबार एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार ३८ जनाको एन्टीजन परीक्षण गर्दा एकैदिनमा २० जनामा संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको आँकडा अनुसार माडीमा सक्रिय संक्रमितको संख्या १५८ जना पुगेको छ । जसमध्ये २ जना बघौडा अस्पतालको आइशोलेशनमा छन् भने १५६ जना होम आइशोलेशनमा रहेका छन । बुधबार थपिएका संक्रमितहरुसहित माडीमा कुल संक्रमितको संख्या ८६६ पुगेको छ । तीमध्ये १४ जनाको मृत्यु भएको छ भने ६९४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो समय माडी क्षेत्रमा परीक्षणका लागि संकलित नमुनाहरुमध्ये आधाभन्दा धेरैमा कोरोना पुष्टी हुनेगरेको छ । संक्रमणको दर बढिरहेपनि बजार व्यवसाय भने पूर्णरुपमा खुला रहने गरेका छन् । भीडभाड अति बढेको छ र मानिसहरुले मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दुरी कायम गर्न छाड्न थालेका छन् । समुदायस्तरमै फैलिसकेको कोरोना संक्रमण रोक्ने प्रयासमा भएका निर्णयहरुको प्रभावकारी कार्यान्वयन समेत हुन नसकेको देखिएको छ ।

SwadeshPost