मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

प्र.अ. नियुक्तिमा मा. वि. शिक्षकहरुलाई कटाइएको भन्दै माडीको सोमेश्वर मा.वि.मा विवाद

  • A
  • A+
  • A++

२२ श्रावण, चितवन । नयाँ प्रधानाध्यापक नियुक्तिमा बहालवाला माध्यमिक स्थायी शिक्षकहरुलाई कटाइएको भन्दै माडीको सोमेश्वर माध्यमिक विद्यालय बरुवामा विवाद भएको छ ।

विज्ञापन १

विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पदमा दावेदार रहेका माध्यमिक तहका चारजना स्थायी शिक्षकहरुलाई ‘बाइपास गरी’ नि.मा.वि. तहबाट निमित्त प्रधानाध्यापक तोकेको जिकीर सहित माध्यमिक तहका एक शिक्षकले माडी नगरपालिका शिक्षा शाखामा आवेदन गरेसंगै विवाद बाहिरिएको हो ।

विज्ञापन २

हाल सो विद्यालयमा माध्यमिक तहमा बिज्ञान बिषय शिक्षणरत प्रेमलाल बि.क. र ऋतुमणि ढकाल, गणित शिक्षक ईन्दिरा तिवारी र नेपाली शिक्षक राधादेवी पाण्डे प्रधानाध्यापकको लाइनमा रहेको र उहाँहरुले शिक्षक बि.क.लाई प्र.अ.को साझा उम्मेदवार बनाएको बुझिन्छ ।

विज्ञापन ३

विद्यालय व्यवस्थापन समितिले पूर्व प्रधानाध्यापक कृष्णराज शर्माको काठमाडौंमा सरुवा भएलगत्तै नि.मा.वि. तह दरबन्दीका सह-प्रधानाध्यापक युवराज लामिछानेलाई निमित्त प्रधानाध्यापक तोकेको थियो । दुई महिना कार्यकाल रहेका निमित्त प्र.अ. लामिछानेले नयाँ प्र.अ. नियुक्तिको प्रक्रिया अगाडि बढाउने अन्तरिमकालिन जिम्मेवारी पाउनुभएको छ ।

यसै सन्दर्भमा, माध्यमिक स्थायी शिक्षक ढकालले नगरपालिका समक्ष निवेदन पेश गर्नुभएको हो । निवेदनमा व्यवस्थापन समितिको पूर्णतामा समेत प्रश्न उठाइएको छ भने प्रचलित ऐन मुताबिक नै विधिसम्मत प्रधानाध्यापक नियुक्तिको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया