राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी नगर समितिले पूर्णता पायो, पदाधिकारीहरुको चयन

94
SwadeshPost

२२ श्रावण, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी नगर समितिले पूर्णता पाएको छ । यसअघि वीरेन्द्र भण्डारीको अध्यक्षतामा ४३ सदस्ययीय समिति गठन भएकोमा सो समितिको बैठकले पदाधिकारीहरु चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा माडी कृष्णनगरका राजमान गुरुङ तथा उपाध्यक्षमा भागिरथी महतो र देवी क्षेत्री चुनिनुभएको छ । त्यस्तै, सचिवमा भोजराज आचार्य, सह-सचिवमा जितेन्द्र मर्दनीया र कोषाध्यक्षमा टिकाराम भट्टराई चयन हुनुभएको सो पार्टीको माडी नगर समितिले जनाएको छ ।

SwadeshPost