नेकपा एमाले माडीका अध्यक्ष नारदमणि पौडेलले सामाजिक सञ्जालमा तिखो टिप्पणी

168
SwadeshPost

२३ साउन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडीका अध्यक्ष नारदमणि पौडेलले आन्तरिक विवादबिच, वडा र नगर अधिवेशन तथा पार्टी सदस्यता नविकरणको आह्वान भएकोप्रति तिखो टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपाल खनाल पक्षीय नेता पौडेलले ‘दुई तिहाई निकट सरकार असफल बनाउने र एकीकृत कम्युनिष्ट पार्टीलाइ टुप्पोबाट क्षतबिक्षत बनाउन सफल हुनेहरुले अब अनाधिकृत र अबैधानिक रुपमा लेबी उठाउने र संगठन बनाउने बहानामा जरा उखेलीरहेको’ टिप्पणी गर्नुभएको हो । यसप्रति होसियार बन्न अनुरोध गर्दै उहाँले दुबै काम बिवाद समाधान पछि मात्र गरिने बताउनुभएको छ ।

नेता पौडेलले सामाजिक सञ्जालको पोस्टमार्फत ’कमजोरहरुले गालीगलौज गर्ने र रुने तर बलियाहरुले सम्मान साथ बैचारिक बहस गर्ने समेत टिप्पणी गर्नुभएको छ । उहाँको टिप्पणी सामाजिक सञ्जालमा आफूप्रति आलोचनात्मक टिकाटिप्पणी गर्नेहरुप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।

SwadeshPost