सोमबार, मङि्सर २४, २०८१
सोमबार, मङि्सर २४, २०८१

माडी (स्थानीय) खबर पोष्ट

नेकपा एमाले माडीले आउँदो असोज ३ गतेभित्र वडा अधिवेशन पुरा गरी असोज ६ गते नगर अधिवेशन गर्ने

  • A
  • A+
  • A++

२३ साउन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडीको अगुवा कार्यकर्ता भेलाले आउँदो असोज ३ गतेभित्र वडा अधिवेशन पुरा गरी असोज ६ गते नगर अधिवेशन गर्ने तय गरेको छ ।

विज्ञापन १

पार्टी अध्यक्ष के.पी. ओलीपक्षीय नेताहरु कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल, कृष्ण भुर्तेल, रामप्रसाद न्यौपाने लगायतको सहभागितामा शुक्रबार माडीको बसन्तपुरमा सम्पन्न अगुवा कार्यकर्ता भेलाका वडा र नगर अधिवेशन अगाडि बढाउने तय गर्दै पार्टी सदस्यता नविकरणको आह्वान गरेको हो ।

विज्ञापन २

अगुवा कार्यकर्ता भेलाले पार्टी गतिविधी अगाडि बढाउने र सहमतीको नाममा कसैलाई कुरिरहन नसकिने भन्दै लेबी बुझाउन र पार्टी सदस्यता नविकरणका लागि सबै पक्षलाई आह्वान गरेको सो पार्टीका माडी नगर प्रचार विभाग प्रमुख देवराज बरालले बताउनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया