राष्ट्रिय परीक्षा बोर्डले एकैसाथ कक्षा १२ को परीक्षा स्थगित र एसईईको नतिजा प्रकाशित ।

145
SwadeshPost

२३ साउन, चितवन । राष्ट्रिय परीक्षा बोर्डले एकैसाथ कक्षा १२ को परीक्षा स्थगित र एसईईको नतिजा प्रकाशित गरेको छ ।

शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो । यसअघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।

त्यस्तै, बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । देशभरबाट, विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीको भनाइ छ ।

SwadeshPost