आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

बिपद-जोखिम पोष्ट

माडीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी

  • A
  • A+
  • A++

२३ साउन, चितवन । माडीमा _(शनिबार) ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार २१ जनाको एन्टीजन परीक्षण गर्दा एकैदिनमा ९ जनामा संक्रमण देखिएको हो ।

विज्ञापन १

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार माडीमा सक्रिय संक्रमितको संख्या १८१ जना पुगेको छ । जसमध्ये २ जना बघौडा अस्पतालको आइशोलेशनमा छन् भने १७९ जना होम आइशोलेशनमा रहेका छन । शनिबार थपिएका संक्रमितहरुसहित माडीमा कुल संक्रमितको संख्या ९२३ पुगेको छ । तीमध्ये १४ जनाको मृत्यु भएको छ भने ७२८ जना संक्रमणमुक्त भएका छन् ।

विज्ञापन २

पछिल्लो समय माडी क्षेत्रमा परीक्षणका लागि संकलित नमुनाहरुमध्ये आधाभन्दा धेरैमा कोरोना पुष्टी हुनेगरेको छ । समुदायस्तरमै फैलिसकेको कोरोना संक्रमण रोक्ने प्रयासमा भएका निर्णयहरुको प्रभावकारी कार्यान्वयन हुन नसकेको समेत देखिएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया