श्रावण ३०, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को माडी नगर कमिटिले वडास्तरमा संगठन सुदृढिकरण अभियान अन्तरगत माडीका नौवटै वडाहरुमा वडा कमिटिहरु पुनर्गठन गरेको छ ।
शुक्रबार र शनिवार छुट्टा छुट्टै कार्यक्रमहरुबिच हरेक वडामा २९ सदस्यीय वडास्तरीय कमिटिहरु गठन गरिएको नेकपा (माओवादी केन्द्र) माडीका अध्यक्ष प्रभु प्रसाद महतोले जानकारी दिनुभयो ।
पुनर्गठित वडास्तरीय कमिटिहरुमध्ये माडी-१ को अध्यक्षमा गङ्गा भुसाल र सचिवमा राजु पाठक, माडी-२ को अध्यक्षमा ईश्वरी प्रसाद ढकाल र सचिवमा श्रीप्रसाद सुबेदी तथा माडी-३ को अध्यक्षमा बलराम महतो र सचिवमा अमृता क्षेत्री चयन हुनुभएको छ ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) माडी-४ मा अध्यक्षमा गोकुलानन्द लामिछाने र सचिवमा रामबाबु बिश्वकर्मा, माडी-५ मा अध्यक्षमा रामप्रसाद तिवारी र सचिवमा गणेश घताने तथा माडी-६ मा कृष्ण प्रसाद पौडेल र सचिवमा सोम बहादुर सुनार चयन हुनु भएको छ ।
त्यसैगरी माडी-७ मा अध्यक्षमा कृष्ण रानाभाट र सचिवमा सुरेश थापा, माडी-८ मा अध्यक्षमा बुद्धिसरा सुनार र सचिवमा प्रेम सुनार तथा माडी-९ मा अध्यक्षमा अशोक पाण्डे र सचिवमा रुपेन प्रजा चयन हुनु भएको छ ।