शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीमा आईतबार १० जनामा कोरोना संक्रमण पुष्टी

  • A
  • A+
  • A++

३१, साउन चितवन । माडीमा आज आईतबार १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आईतबार ४० जनाको एन्टीजन परीक्षण गर्दा एकैदिनमा १० जनामा संक्रमण देखिएको हो ।

विज्ञापन १

जिल्ला स्वास्थ्य कार्यालयले दिएको आँकडा अनुसार माडीमा सक्रिय संक्रमितको संख्या १९५ जना पुगेको छ । जसमध्ये २ जना बघौडा अस्पतालको आइशोलेशनमा छन् भने १९३ जना होम आइशोलेशनमा रहेका छन । आईतबार थपिएका संक्रमितहरुसहित माडीमा कुल संक्रमितको संख्या १०२१ पुगेको छ । तीमध्ये १४ जनाको मृत्यु भएको छ भने ८१२ जना संक्रमणमुक्त भएका छन् ।

विज्ञापन २

पछिल्लो समय माडी क्षेत्रमा परीक्षणका लागि संकलित नमुनाहरुमध्ये आधाभन्दा धेरैमा कोरोना पुष्टी हुनेगरेको छ । संक्रमणको दर बढिरहेपनि बजार व्यवसाय भने पूर्णरुपमा खुला रहने गरेका छन् । भीडभाड अति बढेको छ र मानिसहरुले मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दुरी कायम गर्न छाड्न थालेका छन् । समुदायस्तरमै फैलिसकेको कोरोना संक्रमण रोक्ने प्रयासमा भएका निर्णयहरुको प्रभावकारी कार्यान्वयन समेत हुन नसकेको देखिएको छ ।#स्वदेश न्यूज डेस्क२०७८ श्रावण ३१ गते आइतबार, दिउँसो ०४:४३ मा प्रकाशित

विज्ञापन ३

तपाईको प्रतिक्रिया