माडी नगरपालिकाकाे सर्वदलिय बैठकका निणर्यहरु सार्वजनिक

162
SwadeshPost

३१, साउन चितवन । माडी नगरपालिकाले दुई पटकसम्म बसेको सर्बदलिय बैठकको निणर्य वक्तव्यमार्फत सार्वजनिक गरेको छ ।नगरप्रमुख ठाकुर प्रसाद ढकालद्वारा हस्ताक्षरित वक्तव्यमा गत साउन १७ र ३० गते भएका छुट्टाछुट्टै सर्वदलिय बैठकका निणर्यहरु सार्वजनिक भएको हो ।

साउन ३० गते सम्पन्न बैठकको माइनोट पुस्तिकामा ‘विगत केही समय यता माडीमा राजनैतिक दलहरुको विभिन्न विषयमा बाहिर असहमती प्रकट भै त्यसको कारणले व्यवसायिक लगायत अन्य विषयमा असहजता पर्न गएकोमा त्यसमा सहजीकरण गर्दै नेपाल सरकारको नियम कानुन अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तरगत रहेर अगाडी बढ्न माडीमा कृयाशिल राजनैतिक दलहरुले माडी नगरपालिकालाई सुझाव दिने सर्वसम्मतले निणर्य गरियो’ भन्ने लिखत रहेको सार्वजनिक गरिएको हो ।

त्यसअघि, साउन १७ गतेको सर्वदलिय बैठकले माडी ३, पौहारीमा नेकपा (क्रान्तिकारी माओवादी) चितवनले जग्गा कब्जा गरेको भन्दै झण्डा गाडेकोमा निन्दा र भर्त्सना गर्ने निणर्य गरेको थियो ।

SwadeshPost