मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी-५, काे वडा कार्यालय करिब एकवर्ष पछि आफ्नै भवन बाट सेवा सुरू

  • A
  • A+
  • A++

भदाै, ०१ चितवन । माडी-५, काे वडा कार्यालय करिब एकवर्ष पछि मंगलबार आफ्नै भवनमा सरेको छ ।हालसम्म भाडाको घरमा सञ्चालनमा आएको कार्यालय कोटीहोम नजिकैको सार्वजनिक जमीनमा निर्मित भवनमा वडा कार्यालय सरेको हो । सो कार्यालयको आज मंगलबार एक कार्यक्रममाबीच नगरप्रमुख ठाकुर प्रसाद ढकाल र नगर उपप्रमुख तारा कुमारी काजी महतोले रिबन काटेर उद्घाटन गर्नुभयो ।

विज्ञापन १

जिल्ला समन्वय समितिको ६० प्रतिशत र माडी नगरपालिकाकाे ४० प्रतिशत लागत साझेदारीमा करिब ४८ लाखको बजेटमा वडा कार्यालय भवन निर्माण भएको हो । उद्घाटन कार्यक्रममा माडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम, माडी-५ का अध्यक्ष रामबन्धु पोख्रेल लगायत अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको हो ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया