माडीको सिधुवा चौरमा खेलमैदान सहितको पार्क निर्माण हुने, उपभोक्ता समिति गठन

285
SwadeshPost

चितवन । माडी-४, सिधुवा चोकस्थित चौरमा पार्क सहितको खेलमैदान निर्माणका लागि उपभोक्ता समिति गठन भएको छ ।

पार्क निर्माणका लागि कलाकार दिनेश्वर महतोको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको हो । समितिको सचिवमा गंगाराम महतो र कोषाध्यक्षमा रिता कुमारी महतो तथा सदस्यहरुमा हरिशंकर महतो, राकेश चौधरी र सपना रावत चुनिनुभएको छ ।

पार्कमा पुष्प बगैंचा, प्रस्तर (ढङ्गे) मुर्ती, बाल उद्यान र खेलकुद चौर समेत रहने समितिका अध्यक्ष दिनेश्वर महतोले जनाउनुभयो । मगोई नदीमा तटबन्धन भई बाढीको जोखिम हटेसंगै संरक्षित चौरमा नमुना पार्क निर्माण अगाडि बढाइएको वडाध्यक्ष चन्द्रदीप महतोले बताउनुभयो । पार्क निर्माणमा वडा कार्यालयसंगै निर्माण व्यवसायी समूह ट्वन्टीवान प्रपर्टी ग्रुप (प्रा.) लि. र स्थानीय समुदायको सहयोग रहने वडाध्यक्ष महतोको भनाई छ । (तस्वीरः पार्क निर्माणस्थल र प्रस्तावित डिजाइन)

SwadeshPost