माडीमा सिधुवा पार्क निर्माण सहयोगार्थ ट्वन्टीवान प्रपर्टी ग्रुपद्वारा ५० लाख रुपैंया सहयोग

265
SwadeshPost

१३ भदाै, चितवन । माडीको सिधुवाचोकमा पार्क निर्माणको सहयोगार्थ ट्वन्टीवान प्रपर्टी ग्रुप (प्रा.) लि.ले ५० लाख रुपैंया सहयोग गर्ने भएको छ ।

माडी-४, सिधुवाचोकस्थित चौरमा स्थानीय समुदाय र वडा कार्यालयको साझेदारीमा निर्माण हुन लागेको पार्कको लागि कम्पनीले सो सहयोग गरेको हो । पार्क निर्माणस्थलमा आइतबार बिहान आयोजित एक कार्यक्रममा कम्पनीका अध्यक्ष राज के.सी.ले पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश्वर महतोलाई पहिलो किस्ता स्वरुप रु. १५ लाखको चेक हस्तान्तरण गर्नुभयो ।

सो सन्दर्भमा, कम्पनीका तर्फबाट ५० लाखसंगै व्यक्तिगत तवरबाट छुट्टै ५ लाख समेत प्रदान गर्ने अध्यक्ष के.सी.ले प्रतिबद्धता जनाउनुभयो । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आर्थिक मुनाफाको उद्देश्यले काम गरिरहेको भएपनि ट्वन्टीवान प्रपर्टी ग्रुपले सामाजिक क्षेत्रमा योगदान गरिरहेको भन्दै दीर्घकालीन महत्वको परियोजनामा सहयोग गर्न अनुरोध गर्नुभयो ।

ट्वन्टीवान प्रपर्टीे कम्पनीले माडी नगरपालिकासंगको लिखित प्रतिबद्धता बमोजिम सिधुवा पार्कमा निर्माण सहयोग गरेको हो । यसबाहेक कम्पनीले माडी-३, पौहारी क्षेत्रमा २ बिगाहा क्षेत्रफलमा दोश्रो पार्क निर्माण जारी राखेको र निर्माण पश्चात पार्कको स्वामित्व नगरपालिकालाई हस्तान्तरण गरिने बताएको छ ।

SwadeshPost