तोकिए भन्दा धेरै शुल्क नलिन नगर शिक्षा शाखाद्वारा माडीका निजी विद्यालयहरुलाई निर्देशन

138
SwadeshPost

१७ भदाै, चितवन । माडी नगरपालिका शिक्षा शाखाले कानुनले तोकेको भन्दा अधिक हुनेगरी शुल्क नलिन नगर क्षेत्रका निजी विद्यालयहरुलाई निर्देशन गरेको छ ।

निजी विद्यालयहरुले लिने शुल्क तथा प्रदान गर्ने छात्रवृत्तिका सम्बन्धमा प्रश्न उठेको भन्दै प्रधानाध्यापक बैठकमा समेत छलफल भएको थियो । सोही अनुसार नगर शिक्षा शाखाले तोकिएको संख्यामा विद्यार्थीहरुलाई छात्रवृत्ति दिन र तोकिएको भन्दा अधिक शुल्क नलिन निर्देशन गरेको हो ।

त्यस्तै, छात्रवृत्ति दिइने विद्यार्थी छनौट गर्दा नगरपालिकाको प्रतिनिधी सहित राखेर निणर्य गर्नुपर्ने र विद्यालयमा एउटै विद्यार्थीलाई पुनः भर्ना शुल्क लिन नपाउने व्यवस्था भएकोले पुनः भर्ना शुल्क नलिन पनि निर्देशन गरिएको माडी नगर शिक्षा प्रमुख पुष्पराज ढकालले जनाउनुभयो । (तस्वीर: सांकेतिक रेखाचित्र)

SwadeshPost