चितवन । माडी नगरपालिका शिक्षा शाखाले ‘एक शिक्षक एक ल्यापटप कार्यक्रम’ अन्तरगत १३५ जना शिक्षकहरुलाई ल्यापटप खरिदका लागि ४२ लाख रुपैंया अनुदान दिएको छ ।
नगरपालिकाले प्रतिशिक्षक २६ हजार रुपैंयाका दरले १३५ जना शिक्षकहरुलाई अनुदानस्वरुप कूल ४२ लाख रुपैंया वितरण गरेको हो । सो रकमबाट शिक्षकहरुले शैक्षिक प्रयोजनका निम्ति ल्यापटप खरिद गरी उपयोगमा ल्याएको नगर शिक्षा प्रमुख पुष्पराज ढकालले जनाउनुभयो ।
यसबाहेक शाखाले इन्टरनेट जडान तथा सञ्चालनका लागि समेत विद्यालयहरुलाई अनुदान उपलब्ध गराएको छ । यस अन्तरगत माडीभरका ३० वटा विद्यालयहरुलाई कूल ५ लाख १० हजार रुपैंया अनुदानस्वरुप प्रदान भएको हो । शाखाले ल्यापटप अनुदान प्राप्त गरेका शिक्षकहरुसंग भर्चुअल मिटिङ गरी त्यसको उपयोगको अवस्थाको अनुगमन समेत गरिरहेको शाखा प्रमुख ढकालको भनाई छ । (तस्वीर: सांकेतिक रेखाचित्र)