‘पब्जी’ र ‘फ्रिफायर’ जस्ता गेमहरुमा ‘रोक लगाउन निर्देशन दिने’ प्र.अ. बैठकको निर्णय

639
SwadeshPost

१७ भदाै, चितवन । माडी नगरक्षेत्रका प्रधानाध्यापकहरुको बैठकले ‘पब्जी’ र ‘फ्रिफायर’ जस्ता अनलाइन गेमहरुमा ‘रोक लगाउन निर्देशन दिने’ निर्णय गरेको छ ।

माडी माध्यमिक विद्यालय बसन्तपुरमा बसेको माडीका प्रधानाध्यापकहरुको बैठकले कम्प्युटर तथा मोबाइल फोनमा खेलिने ‘पब्जी, फ्रिफायर लगायत डिजिटल एडिक्सन गर्ने खालका अनलाइन गेम नखेल्न तथा त्यस्ता एप्लीकेशनहरु प्रयोग नगर्न र नगराउन सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई निर्देशन दिने’ निर्णय गरेको हो ।

पब्जी र फ्रिफायर जस्ता ‘अनलाइन गेम’को लतमा परेका बालबालिका र किशोरकिशोरीहरुको स्वभावनै परिवर्तन हुनेगरेको अभिभावकहरुको अनुभव छ । यस्ता खेलको लतमा फसेकाहरुमा डराउने, झस्कने, जिद्धिपना हुने, पढ्न मन नलाग्ने जस्ता अस्वभाविक बानी देखिएको गुनासो बढेको हो । कतिपय देशहरुमा प्रतिबन्धित रहेका यस्ता ‘अनलाइन एडिक्टिभ गेमहरु नेपालमा समेत बन्द गर्न’ बेलाबखत संसदमा समेत कुरा उठ्ने गरेको छ ।

SwadeshPost