मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

पूर्वी माडीको टुनामुना खोलामा स्कुटर र बस ठोक्किँदा स्कुटरमा सवार एकजना घाइते

  • A
  • A+
  • A++

चितवन । पूर्वी माडीको जीवनपुरस्थित टुनामुना खोलामा स्कुटर र बस ठोक्किँदा स्कुटरमा सवार एकजना घाइते भएका छन् ।भरतपुरबाट बगहीँतर्फ जाँदै गरेको ना.५ख. ११९४ नम्बरको बससंग सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३ ००३ प ९७३३ नम्बरको स्कुटर दिउँसो ०३ः३० बजेको समयमा ठोकिन पुग्दा स्कुटरमा पछाडी सवार माडी ९ बस्ने बर्ष ४५का नन्दु दाहाल घाइते हुनुभएको हो ।

विज्ञापन १

घाइते दाहालको दाहिने खुट्टा फ्याक्चर भएको छ । उहाँको बघौंडा अस्पतालमा उपचार पश्चात थप उपचारका लागि भरतपुर पठाइएको छ । ठक्कर खाएको स्कुटर र बस टम्टा प्रहरी चौकीको नियन्त्रणमा रहको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया