घडी र क्यालेण्डर नहेरी काम गर्न माडीका प्रमुख प्रशासकीय अधिकृत गौतमको आग्रह

197
SwadeshPost

१९ भाद्र चितवन । माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले ‘घडी र क्यालेण्डर नहेरी’ उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।

चालू आर्थिक बर्ष, योजना र कार्यक्रमहरु सम्पन्न गर्न चुनावका कारण साविकका आर्थिक बर्षहरुभन्दा निकै कम समयावधी रहेको उहाँले जनाउनुभयो । यस्तोमा, सम्पूर्ण योजना र कार्यक्रमहरु पुरा गर्न ‘१० देखि ५ बजेको घडी नहेर्न’ र ‘क्यालेन्डरमा बिदाको रातो दिन पनि नहेर्न’ गौतमले आग्रह गर्नुभयो ।

स्वदेशसंग कुराकानी गर्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले आफूले ‘फाइम एम’ अर्थात म्यान (जनशक्ति), मनी (आर्थिक श्रोत), मटेरियल (साधन), मेकानिजम (ऐन, नियम तथा कार्यबिधीहरु) र मोनिटरिङ (अनुगमन) लाई ध्यान दिई काम गरिरहेको बताउनुभयो । नगरपालिकामा बहुसंख्यक करारका कर्मचारी मात्रै रहेको भन्दै कर्मचारी व्यवस्थापनका लागि संघीय सरकार र प्रदेश लोकसेवासंग पहल गरिरहेको समेत उहाँको भनाई थियो ।

SwadeshPost