मोटरसाइकलको ठक्करबाट माडीको बरुवा बजारमा दुई बर्षे बालकको मृत्यु

585
SwadeshPost

१९ भाद्र चितवन । मोटरसाइकलको ठक्करबाट माडीको बरुवा बजारमा दुई बर्षे बालकको मृत्यु भएको छ ।

माडीको बरुवा बजारबाट भरतपुर जाने क्रममा रहेको बागमती प्रदेश ०३-००४-प ५२८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा माडी १, बरुवा (सुकुम्बासी टोल) निवासी विकास तामाङका २ बर्षका छोरा बिक्रम तामाङको मृत्यु भएको हो । आफ्नै घरअगाडि खेलीरहेको अवस्थामा मोटरसाइकलले बच्चालाई शुक्रबार दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट टाउकोमा चोट लागी मध्यम घाइते भएका बालकलाई स्थानीय मेडिकलमा प्राथमिक उपचार पश्चात भरतपुरस्थित सि.एम.सी.मा भर्ना गरिएकोमा उपचारका क्रममा गएसाँझ ६ बजे मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल बरुवास्थित प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने बालकको उपचारका लागि भरतपुर पुगेका मोटरसाइकल चालक, माडी-७, चितवन निवासी सरोज सुनारलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

SwadeshPost