आफू कुनै राजनैतिक दलको कार्यसमितिमा नरहेको सुरेश थापाको टिप्पणी

242
SwadeshPost

२० असोज, चितवन । माडी नगरपालिकामा सवारी चालकका रुपमा कार्यरत सुरेश थापाले आफू कुनै राजनैतिक दलको कार्यसमितिमा नरहेको सार्वजनिक गर्नुभएको छ ।

यसअघि आफूलाई नेकपा (माओवादी केन्द्र)को माडी नगरपालिका वडा नं. ७ को वडा सचिव पदमा रहन प्रस्ताव गरिएपनि आफूले सो पद अस्वीकार गरेको र कुनैपनि पद नलिएको थापाले बताउनुभयो । अनावश्यक रुपमा आफूलाई विवादमा ल्याउने प्रयास भएको उहाँको टिप्पणी थियो ।

विगत केहि बर्षदेखि नगरपालिकाले सवारी चालक पदमा करारमा कार्यरत थापाको करार सम्झौता हालै नविकरण भएको हो । त्यसलगत्तै दलका वडा सचिवलाई कर्मचारीका रुपमा करारमा नियुक्त गरिएको भन्ने खबर सार्वजनिक भएको थियो ।

हाल, माडी नगरपालिकामा कार्यरत अधिकांश कर्मचारी करारमा छन् । नगरपालिकाले प्रदेश र संघीय लोक सेवा आयोगमा कर्मचारी माग गर्दै सिफारिस र पहल गरिरहेको र केहि कर्मचारीहरु आउने क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमको भनाई छ ।

SwadeshPost