आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

कृषि र कृषक पोष्ट

धान भित्र्याउने बेलामा वर्षा भएसंगै काटेर राखिएको धान खेतमै भिज्यो, किसान मर्कामा

  • A
  • A+
  • A++

चितवन । धान भित्र्याउने बेलामा वर्षा भएसंगै काटेर राखिएको धान खेतमै भिजेको छ।

विज्ञापन १

सोमबारदेखि माडी लगायत अन्य स्थानमा पानी पर्दा काटेर भित्र्याउने तयारी गरेको धान भिजाएको हो । माडी क्षेत्रमा अधिकांस किसानले हाईव्रिड धान लगाएकोले दशैं अगावै पाकेको धान चाडपर्वको चटारोले गर्दा भित्र्याउन पाएका थिएनन । दशैं लगतै धान काटेपनि केही दिन सुकाउनु पर्ने भएकोले अधिकांस किसानले धान भित्राउन नपाएका हुन् ।

विज्ञापन २

यस पटक बर्खामा ठूलो र निरन्तर पानी परेपनि आधा महिना अघिदेखी मौषम सफा रहेको थियो । लामो समयको मेहनतबाट भित्र्याउन ठिक्क परेको धानबाली पानीले भिजाएपछी थप पीडा थपेको छ । दुई चार दिन अगाडि काटेर खेतमा राखिएको धानबाली भिजेपछि थप सुकाउनु पर्ने र धान विबग्रने डर हुन्छ । पानीले भिजेको धान मिलमा कुटाउँदा चामल टुक्रिने र भात पनि मीठोे नहुने कृषकहरु बताउंछन् ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया