धानबाली काट्ने समय भएसंगै जंगली हात्तीको बथान माडीको गाउँघर खेतबारीमा छिर्दै

400
SwadeshPost

चितवन । किसानहरुको खेतमा धानबाली काट्ने समय भएसंगै चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडीको गाउँघर खेतबारीमा छिर्न थालेको छ ।

हात्तीहरु एक्लैदेखि चार पाँतवटाको समूहमा धनखेतमा छिर्न सुरु गरेको पीडित किसानहरुको बताएका छन् । हरेक रातजसो माडीको बनकट्टा, भैरवपुर, पौहारी, धोबाहा लगायतका गाउँहरुमा जंगली हात्तीको बथान छिर्ने गरेको हो । धानखेतमा छिरेर हात्तीले बाली विनाश गर्न थालेसंगै निकुञ्ज नजिकका क्षेत्रमा किसानहरु धान काट्न र थन्क्याउन ब्यस्त हुन थालेका छन् ।

विगतका बर्षहरुमा धान काट्ने र थन्काउने समयदेखि नै हात्तीहरु गाउँहरुमा छिर्ने, घर भत्काउने र मान्छेको ज्यानै लिने गरिआएका छन् । हात्तीहरु खेत र बस्तीमा छिर्नबाट रोक्न सडक बत्ती जोड्ने, विद्युतीय फेन्स सहितको मेजसाली लगाउने र हात्ती आउने समयमा सुरक्षाकर्मी गाउँलेहरुले ट्रयाक्टर चढी हात्ती धपाउने प्रयास भने हुने गरेको छ ।

SwadeshPost