आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

पर्यटन खबर पोष्ट

हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे शिव मन्दिर र हरिहर मन्दिर क्षेत्रमा भव्य मेला

  • A
  • A+
  • A++

२९ कार्तिक, चितवन । हरिबोधनी एकादशी पर्वको अवसरमा माडीको छरछरे शिव मन्दिर र हरिहर मन्दिर क्षेत्रमा भव्य एकादशी मेला लागेको छ ।

विज्ञापन १

कार्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वमा गाउँगाउँबाट भजन कीर्तन सहित ल्याइएको तोरण महेश्वरी नदीको वारपार हुनेगरी टाँगेर श्रद्धालु भक्तजनहरुले मेला भरेका हुन् । त्यस्तै, माडी र वरपरका गाउँठाउँबाट हजारौं दर्शकहरु समेत मेलास्थलमा पुगी खरिदारी, नाँचगान र रमाइलो गरेका थिए ।

विज्ञापन २

छरछरे शिव मन्दिर धार्मिक सेवा समितिको मूल आयोजनामा सञ्चालित मेलामा नेपाल दराई उत्थान समाज माडी इकाई समितिले साँस्कृतिक कार्यक्रम सञ्चालन तथा र दीयो क्लबका युवा स्वयम्सेवीहरुले व्यवस्थित तवरबाट पार्किङ र मेला व्यवस्थापन गरेको मन्दिर समितिका अध्यक्ष टिकाराम भट्टराईले जानकारी दिनुभयो । त्यस्तै, हरिहर मन्दिरतर्फ माडी-४ का युवाहरुले सरसफाई र पार्किङ तथा मेला व्यवस्थापन गरेका थिए ।

विज्ञापन ३

मेलाको सन्दर्भमा आयोजित उद्घाटन सभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले माडीको विकासका लागि कृषि र पर्यटन दुई मुख्य आधार रहेको बताउनुभयो । छरछरे मेलाजस्ता महत्वपूणर् धार्मिक एवं पर्यटकीय मेलाका लागि नगरपालिकाले आर्थिक र अन्य विभिन्न पाटोहरुबाट सहयोग गर्दै आएको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया