मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

फल्ट एलोकेटर मेसिनले काम नगर्दा माडीमा अवरूद्ध बिजुली सुचारु हुन सकेन

  • A
  • A+
  • A++

१ मंसिर, चितवन । फल्ट पत्ता लगाउने एलोकेटर मेसिनले अपेक्षित काम नगर्दा आज (बुधबार) माडीको बिजुली सुचारु हुन नसक्ने भएको छ ।

विज्ञापन १

नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रका प्रमुख ई. शिशिर लम्साल र माडी शाखा प्रमुख नवराज घिमिरेसहितको प्राविधिक टोलीले दिनभर प्रयास गर्दा समेत चितवन राष्ट्रिय निकुञ्जभित्र बिछ्याइएको केबुलमा फल्ट रहेको स्थान पत्ता लाग्न नसकेपछि आज बुधबार रातभर माडीमा बिजुली अवरुद्ध रहने भएको हो ।

विज्ञापन २

केबुल बिग्रिएको स्थान पत्ता लगाउने फल्ट एलोकेटर मेसिनले हाइ भोल्टेज जेनेरेट गर्न नसकेपछि जमीनमुनि समस्या रहेको स्थान पत्ता लाग्न नसकेको वितरण केन्द्र प्रमुख ई. लम्सालले बताउनुभयो । तत्कालका लागि काठमाडौंमा रहेको दोश्रो एलोकेटर मेसिन मगाइएको र भोलि बिहानैबाट निकुञ्जभित्र काम सुरु गरिने उहाँको भनाई छ ।

विज्ञापन ३

चनौली जगतपुर माडी ३३ के.भी. सब प्रशारण लाइन अन्तरगत निकुञ्जभित्र भूमिगत केबुल खण्डमा समस्या आउँदा माडी उपत्यकाभरी विध्युत अवरुद्ध रहेको छ । नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रबाट माडीको बसन्तपुरस्थित सबस्टेशनसम्म ३३ किलोभोल्ट विध्युत प्रवाह गर्ने सो प्रशारण लाइन गएराती ०२ः५३ बजे ट्रिप भएको हो ।

तपाईको प्रतिक्रिया