आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

देश-प्रदेश खबर पोष्ट

करीब २ दिनको अवरुद्धता पश्चात बिहीबार साँझ ५ बजेबाट माडीको बिजुली सुचारु

  • A
  • A+
  • A++

२ मंसिर, चितवन । करीब २ दिनको अवरुद्धता पश्चात आज (बिहीबार) साँझ ५ बजेबाट माडीको बिजुली सुचारु भएको छ ।

विज्ञापन १

प्राधिकरणको प्राविधिक टोलीले २ दिनसम्मको प्रयासबाट माडीको बिजुली सुचारु गरेको हो । माडीमा बिजुली प्रवाह गर्न चितवन राष्ट्रिय निकुञ्जभित्र बिछ्याइएको केबुल फल्ट भएकोमा फल्ट एलोकेटर मेसिनको सहायताले समस्या रहेको स्थान पहिचान गरी मर्मत गरेपश्चात माडीको बिजुली सुचारु हुन सकेको हो ।

विज्ञापन २

यसपटक रीउ नदीको पुलबाट करीब २०० मिटरको दुरीमा बनकट्टा पोस्ट नजिकै केबुल फल्ट रहेको थियो । यसअघि पनि सो केबुलमा पटक पटक समस्या आउने गरेको भएपनि विगत डेढ बर्षदेखि भूमिगत केबुलकै कारण लाइन अवरुद्ध हुनुपरेको थिएन । यसपटक बिद्युत अवरुद्ध हुनुपर्दा माडीको जनजीवन अत्यधिक प्रभावित रह्यो । बिजुली नहुँदा माडीमा इन्टरनेट, बैंकिङ सेवा, बिप्रेषण, शैक्षिक संस्था, सामुदायिक रेडियो, मोबाइल सेवा तथा सबैजसो घरायसी र व्यवसायिक उपभोक्ताहरुको नियमित एवं दैनन्दिन सेवा वा कार्य प्रभावित भएको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया