तिहार कप फुटबलको फाइनलमा जनआस्था युवा क्लब र ज्ञानज्योति युवा क्लब भिँड्ने

22
SwadeshPost

२ मंसिर, चितवन । माडीको बसन्तपुरमा सञ्चालित पाँचौं तिहार कप फुटबलको उपाधीका लागि फाइनलमा जनआस्था युवा क्लब बसन्तपुर र ज्ञानज्योति युवा क्लब भैरवपुर भिँड्ने भएका छन् ।

आज (बिहीबार) सम्पन्न दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा ज्ञानज्योति युवा क्लब, भैरवपुरले लिबर्टी युथ क्लब, इनारबरुवालाई ५-१को फराकिलो गोलअन्तरले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच लिबर्टी युथ क्लबका खेलाडी हिरा शाह घोषित हुनुभयो ।

फाइनल यात्रा तय गरेका ज्ञानज्योति युवा क्लब र जनआस्था युवा क्लब सुरुवातदेखि नै निकै राम्रो फर्ममा रहेका छन् । दुबै टोलीबिच आउँदो मंसिर ४ गते मध्यान्ह १२ बजे फाइनल भिँडन्त हुने प्रतियोगिताका संयोजक रामु क्षेत्रीले बताउनुभयो ।

प्रतियोगिताको प्रथम र दोश्रो पुरस्कार मेडल र प्रमाणपत्रसहित क्रमशः रु १ लाख ११ हजार १११ र ५५ हजार ५५५ रहेको छ । प्रतियोगिताको प्रवर्धकमा माडी नगरपालिका र नगर युवा खेलकूद तथा साँस्कृतिक समिति रहेका छन् भने अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost