मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

काँग्रेस चितवन क्षेत्र नम्बर तीन प्रदेश ‘ख’ को सभापतिमा माडीका शोभाखर चापागाईं निर्वाचित

  • A
  • A+
  • A++

चितवन । नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर तीन प्रदेश ‘ख’ को सभापतिमा माडीका शोभाखर चापागाईं निर्वाचित हुनुभएको छ ।

विज्ञापन १

काँग्रेसको १४औं महाधिवेशन अन्तरगत शुक्रवार भएको निर्वाचनमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले लोकप्रीय मतका साथ विजय हासिल गर्नुभएको हो । चितवन ३ क्षेत्र ‘ख’ प्रदेश कार्य समिति को निर्वाचनमा उहाँले १४७ मत पाउनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी ओमप्रसाद पोखरेलले ९९ तथा अन्य प्रत्यासीहरु रामबहादुर कुँवरले ७८ र अशोक लामाले २८ मत पाउनुभएको थियो ।

विज्ञापन २

निर्वाचित भएपछि सभापति चापागाईंले सबैलाई मिलाएर पार्टी अघि बढाउने प्रतिबद्धता जनाउँदै आफुलाई निर्वाचित गराउने सबैलाई धन्यवाद दिनुभयो ।त्यस्तै उपसभापतिमा लिलाराज भुषाल र केशब बसेल निर्वाचत हुनुभएको छ । भुषालले २१७ मत र बसेलले २०० मत ल्याएर विजयी हुनुभएको हो । सचिवमा गोविन्द शर्माले २१५ र माडीका सुर्य अधिकारी १९१ मत ल्याई विजयी हुनुभएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया