निकुञ्जभित्र धुलोरहित बाटोको नमुना अध्ययनका लागि नगरप्रमुख ढकालको टोली भारतको हैदराबादमा

345
SwadeshPost

१८ मंसिर चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बन्ने धुलोरहित बाटोको नमुना अध्ययनका लागि माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालको नेतृत्वमा एक टोली भारतको हैदराबाद पुगेको छ ।

हैदराबादमा निर्माण भइरहेको (केमिकल) पिचको अध्ययन तथा त्यसको प्रयोगशाला परीक्षणका लागि निकुञ्ज विभाग र चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधी एवं प्राविधिक सम्मिलित टोली हैदराबाद पुगेको हो । टोलीमा नगरप्रमुख ढकालसंगै निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका लाक्पा शेर्पा, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेल, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम, वडाध्यक्ष रामबन्धु पोखरेल र सडक ईञ्जिनियर विकास कुमार सिंह लगायत रहनुभएको छ ।

टोलीले आज (शनिवार) धुलोरहित बाटोको अध्ययन, नमुना संकलन र कुराकानी गर्ने नगर प्रमुख ढकालले बताउनुभयो । निकुञ्जभित्र धुलोरहित सडक निर्माणका लागि माडी नगरपालिकाले यसअघि नै सब-बेस निर्माण गरिसकेको छ भने बाँकी बेस निर्माण तथा अन्य निर्माण कार्यका लागि आवश्यक १२ करोड रुपैंया संघीय अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छ । त्यस्तै निकुञ्ज विभागले समेत धुलोरहित बाटो निर्माणमा सहमती दिइसकेको जनाइएको छ ।

SwadeshPost