बैकुण्ठ क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणमा सघाउन स्वदेश र प्रवासबाट आर्थिक सहयोग

477
SwadeshPost

१८ मंसिर, चितवन माडीको बैकुण्ठक्षेत्रको प्रवर्धन एवं बालाचतुर्दशी बैकुण्ठ मेलाको सहयोगार्थ स्वदेश र प्रवासबाट आर्थिक सहयोग भएको छ ।

मेलाको आयोजना तथा बैकुण्ठ क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणमा सघाउन हाल अमेरिकामा रहनुभएका तिलक गायकबाट रु. २० हजार, जापानमा रहनुभएका भैरव प्रसाद अधिकारीबाट रु. १० हजार, जापानमै रहनुभएका प्रेम बहादुर आलेमगरबाट रु. १० हजार र काठमाडौं निवासी बिमला गायकबाट पनि १० हजार रुपैंया सहयोग प्राप्त भएको मेलाका संयोजक एवं माडी ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जनाउनुभयो ।

त्यस्तै, माडी-८ खरकट्टा निवासी शिवबहादुर कुँवरबाट रु. १० हजार, खरकट्टाकै निवासी छबि गौतमबाट रु ५ हजार ५००, सोही गाउँ निवासी लक्ष्मी पौडेलबाट रु. ३ हजार र माडी-८, इन्द्रबस्तीस्थित कँडेल ब्रदर्श पोल्ट्री फर्मबाट रु. १० हजार सहयोग भएको संयोजक अधिकारीले जानकारी दिनुभयो ।

यसबाहेक बैकुण्ठ मेलाका लागि माडी नगरपालिकाले रु १ लाख उपलब्ध गराएको छ । त्यस्तै, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिबाट ५० हजार र बैकुण्ठे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहबाट २० हजार तथा मेलाका सहभागी एवं अन्य सहयोगदाताहरुबाट समेत आर्थिक सहयोग भएको जनाइएको छ ।

SwadeshPost