ब्लड क्यान्सर पीडित बालिका अनुष्का महतोको उपचार सहयोग जुट्ने क्रम जारी

255
SwadeshPost

२१, मंसिर, चितवन । माडी-२ ध्रुबगाउँ निवासी बिपन्न परिवारकी ब्लड क्यान्सर पीडित ६ बर्षीया बालिका अनुष्का महतोको उपचार सहयोग जुट्ने क्रम जारी रहेको छ ।

बालिकाको उपचारमा सघाउन हाल संयुक्त राज्य अमेरिकामा रहनुभएका माडी-४, सितलपुर निवासी कृष्ण गुरुङले रु. १ लाख ६५ हजार संकलन गरी पठाउनुभएको हो । उहाँले आफ्ना साथी समेत रहेका बालिकाका बुबा हरिया महतोलाई नगद उपलब्ध गराउनुभएको बालिकाको उपचार सहयोग समितिले जनाएको छ ।

क्यान्सरपीडित बालिकाको उपचारमा सघाउन चाहने सहयोगी व्यक्ति वा संस्थाहरुले राष्ट्रिय बाणिज्य बैंकको माडी शाखामा खोलिएको सामुहिक खाता नम्बर 146010000003001H मा रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बिरामी बालिकाको हाल भरतपुरस्थित बि.पी. कोइराला क्यान्सर अस्पतालमा उपचार भइरहेको छ र उनको उपचारमा दश लाखभन्दा धेरै रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

SwadeshPost