विवाह पञ्चमीको अवसरमा माडीको प्रस्तावित अयोध्याधाममा झाँकी सहित पूजाअर्चना हुने

266
SwadeshPost

चितवन । विवाह पञ्चमीको अवसरमा माडीको प्रस्तावित अयोध्याधाममा झाँकी सहित पूजाअर्चना हुने भएको छ ।

जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झना स्वरुप विवाह उत्सव मनाउने प्रचलन छ । उत्सवका अवसरमा बगहीँ बजार र खरकट्टा बजारबाट झाँकी निकाली प्रस्तावित अयोध्याधाम पुगेर भव्य पूजा अर्चनाको कार्यक्रम राखिएको र पूजा व्यवस्थापनका लागि उपसमितिहरु समेत गठन भएको छ ।

उपसमितिहरुमध्ये पुजा व्यवस्थापन संयोजकमा कृष्ण प्रसाद सुवेदी र सहसंयोजकमा प्रेम प्रसाद भण्डारी रहनुभएको छ । त्यस्तै, प्रचार प्रसार उपसमिति संयोजकमा रामप्रसाद भण्डारी, प्रसाद व्यवस्थापनमा तेज प्रसाद पौडेल र झाँकी तथा बाजा व्यवस्थापनमा माडी ८ र ९ का वडाध्यक्षद्वय कृष्णराज अधिकारी र शिवहरि सुवेदी रहनुभएको छ ।

झाँकी र पूजाअर्चनामा सहभागी हुन आयोजकले सबैमा अनुरोध समेत गरेको छ । सुरुवाती बर्ष भएकाले जन्तीका रुपमा माडीबाट जनकपुर जाने तयारी भने भएको छैन ।

SwadeshPost