चितवनको भरतपुर १३ स्थित माध्यमिक विद्यालय गंगानगरद्वारा स्वर्ण महोत्सव २०७८ आयोजित

270
SwadeshPost

चितवन । चितवनको भरतपुर १३ स्थित माध्यमिक विद्यालय गंगानगरले स्वर्ण महोत्सव २०७८ को आयोजना गरेको छ ।

महोत्सवका लागि शिक्षक अभिभावक तथा सरोकारवालाहरुको भेलाले स्वर्ण महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति निमार्ण गरि तयारी तीब्र बनाएको छ । विद्यालयको शैक्षिक गुणस्तर विकासको लागि आर्थिक संकलन गर्ने उदेश्यले स्वर्ण महोत्सव आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुवेदीले बताउनुभयो ।

स्वर्ण महोत्सव सम्पन्न गर्न बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सुदिप सुबेदीको सम्योजकत्वमा १००१ सदस्यीय मुल आयोेजक समिति, ३०१ सदस्यीय सचिवालय समिति, १७ सदस्यीय स्टेण्डिङ कमिटी र १३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । भेलाले विभिन्न १८ वटा उपसमिति समेत गठन गरेको छ । भेलाले खेम भट्टको संयोजकत्वमा आर्थिक उपसमिति, शान्तराज आचार्यको संयोजकत्वमा विज्ञापन उपसमिति, अपिल घिमिरेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, टिकाराम ओझाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, रामजी प्रसाद सापकोटाको संयोजकत्वमा स्वर्ण स्मारिका प्रकाशन उपसमिति गठन गरेको छ ।

त्यस्तै ऋषिराम घिमिरेको संयोजकत्वमा अतिथी सत्कार एवं स्वागत उपसमिति, बोधराज सापकोटाको संयोजकत्वमा लेखा तथा खर्च व्यवस्थापम उपसमिति, चेत बहादुर रानाभाटको संयोजकत्वमा स्वर्णद्धार निर्माण उपसमिति, हरिकृष्ण सुवेदीको संयोजकत्वमा अभिलेख अध्यावधिक उपसमिति, बासुदेव सापकोटाको संयोजकत्वमा सरसफाई उपसमिति गठण गरेको छ । त्यस्तै विष्णु खनालको संयोजकत्वमा वाह्य सम्पर्क उपसमिति, देवराज पौडेलको संयोजकत्वमा सास्कृतिक उपसमिति, मधुसुधन सापकोटाको संयोजकत्वमा सम्मान उपसमिति, दिपेश पौडेलको संयोजकत्वमा खेलकुद उपसमिति, नवराज सुवेदीको संयोजकत्वमा स्वर्ण मञ्च निर्माण उपसमिति, किशोर पौडेलको संयोजकत्वमा स्वर्ण स्तम्भ निर्माण उपसमिति निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुवेदीले बताउनुभयो ।

SwadeshPost