मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

माडीमा दोश्रोपटक वडागत रुपमा नयाँ मतदाता नामावली दर्ता अभियान सुचारु

  • A
  • A+
  • A++

पाैष ०४, चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले माडी नगर क्षेत्रमा दोश्रोपटक वडागत रुपमा नयाँ मतदाता नामावली दर्ता गर्न लागेको छ ।

विज्ञापन १

माडीमा इलाका प्रशासन कार्यालय बसन्तपुरमा यही पौष ५ देखि २३ गतेसम्म वडागत रुपमा छुट वा नयाँ मतदाताहरुको नामावली दर्ता गर्न लागेको हो । यसअघि, गत मंसिर १७ देखि पौष २ गतेसम्म माडीमा छुट वा नयाँ मतदाताहरुको नामावली दर्ता भएकोमा पौष ५ देखि पुनः सो अभियान सुचारु हुन लागेको जनाइएको छ ।

विज्ञापन २

यस अन्तरगत पौष ५ र ६ गते माडी ३ का नयाँ मतदाताहरुको नामावाली दर्ता हुनेछ । त्यस्तै, पौष ७, ८ र ९ गते माडी १, पौष १०, ११ र १२ गते माडी २, १३ र १४ गते माडी ४, पौष १५ गते वडा नं. ५, पौष १६ गते वडा नं. ६, १७ गते वडा नं. ७ र १८ गते वडा नं. ८ का नयाँ मतदाताहरुको नामावली संकलनको कार्यतालिका रहेको छ । त्यसैगरी पौष १९, २० र २१ गते हनुमानझुलाका तथा पौष २२ र २३ गते माडी ९ का अन्य स्थानहरुको नामावली संकलन गरिने माडी नगरपालिकाले जनाएको हो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया