मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

माडी बाँदरझुला (हनुमानझुला)का भूमिहीन सुकुम्बासीहरुले काठमाडौंमा प्रदर्शन

  • A
  • A+
  • A++

पाैष ०४, चितवन । लालपूर्जा पाउनु पर्ने माग राखेर माडी बाँदरझुला (हनुमानझुला)का भूमिहीन सुकुम्बासीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विज्ञापन १

लामो समयदेखि माडी-९, बाँदरझुलामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि राजधानी काठमाडौंमै पुगी प्रदर्शन गर्नु परेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले बताउनुभयो । आफूहरुको माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा अनिश्चितकालीन रिले अनशन शुरु गर्ने उहाँको भनाई थियो ।

विज्ञापन २

प्रदर्शनमा सहभागी भूमिहीन सुकुम्बासीहरुले बाँदरझुला सुकुम्बासी बस्तीको व्यवस्थापन गर, हामीलाई हाम्रो जमिनको लालपूर्जा दे, धर्ती आकाश साझा हो, बाँदरझुलालाई न्याय खै?, लगायत लेखिएको प्लेकार्ड तथा व्यानर बोकेका थिए । उनीहरुले माइतीघर मण्डलाबाट नयाँबानेश्वरस्थित संसद भवन अगाडिसम्म र्‍याली गरेका थिए ।

विज्ञापन ३

०४७ कात्तिक २२ गतेदेखि विभिन्न जिल्लाका सुकुम्बासी नागरिकहरु बाँदरझुलामा बस्दै आएपनि सरकारले सुकुम्बासीको व्यवस्थापनमा चासो नदेखाएपछि आफूहरु बाध्य भएर काठमाडौंमै आएर प्रदर्शनमा उत्रिनु परेको बताउँछन् । लामो समयदेखि आफूहरुले उपभोग गर्दै आएको जमीनको लालपूर्जा नभएकै कारण चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाहरुबाट आफूहरुले सास्ती भोग्दै आउनु परेको उनीहरुको गुनासो छ । (अनलाइन खबरको सहयोगमा)

तपाईको प्रतिक्रिया