काठमाडौंमा आन्दोलनरत माडी बाँदरझुलाका सुकुम्बासी र राष्ट्रिय भूमि आयोगबिच ३ बुँदे सहमती

145
SwadeshPost

६ पाैष, चितवन । काठमाडौंमा आन्दोलनरत माडी बाँदरझुलाका सुकुम्बासी र राष्ट्रिय भूमि आयोगबिच ३ बुँदे सहमती भएको छ ।

आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र बाँदरझुला संघर्ष समितिका संयोजक शारदा आचार्यले हस्ताक्षर गर्नुभएको सहमती पत्रको पहिलो बुँदामा आउँदो फागुन मसान्तसम्म भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन र जग्गा नाँपजाँचको सुचना प्रकाशन गरी निवेदन र जग्गा नाँपजाँचको निस्सा वितरण गरिसक्ने उल्लेख भएको छ ।

त्यस्तै, दोश्रो बुँदामा बाँदरझुलामा विद्युतिकरणका लागि बजेट समेत छुट्याइएको अवस्थामा निर्माण कार्य तत्कालै अघि बढाउन विद्युत प्राधिकरण र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई पत्राचार गर्ने लेखिएको छ ।सहमती पत्रको तेश्रो बुँदामा हाल बाँदरझुलामा खेतीपातीका लागि ट्याक्टरको प्रयोगमा रोक लागेकोमा किसानहरुले सहज, सरल र सुपथ तरिकाले कृषि कार्य गर्नका लागि वन तथा वातावरण मन्त्रालय र सरोकारवाला निकायहरुलाई तत्कालै पत्राचार गर्ने उल्लेख गरिएको छ । सहमतीपत्रमा हस्ताक्षर भएसंगै भूमिहीन सुकुम्बासीहरुको आन्दोलन समेत रोकिएको छ ।

SwadeshPost