आन्दोलनरत माडी बाँदरझुलाका सुकुम्बासी र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’बिच भेट

289
SwadeshPost

६ पाैष, चितवन । लालपूर्जा प्राप्तिको आन्दोलनका लागि राजधानी काठमाडौं पुगेका माडी बाँदरझुलाका सुकुम्बासीहरुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग भेट गरेका छन् ।

सुकुम्बासीहरुले आइतबारदेखि राजधानी केन्द्रीत आन्दोलन थालेको अवस्थामा काठमाडौं पुग्नुभएका माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको पहलमा आन्दोलनरत पक्ष र प्रचण्डको भेट सम्वाद भएको हो ।

भेटका क्रममा सुकुम्बासीहरुले उठाएका सवालहरु उत्तरित गर्दै प्रचण्डले बाँदरझुलामा बिजुली लैजाने प्रक्रिया जारी रहेको र आउँदो फागुन महिनाभित्र जग्गाको नक्सासहित आवेदनको निस्सा उपलब्ध हुने बताउनुभएको थियो ।

प्रचण्ड निवासमा भएको सो भेटमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठ, राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो । भेट छलफल पश्चात आन्दोलनरत पक्ष र आयोगबिच ३ बुँदे सहमती भएको हो । सहमती जुटेसंगै काठमाडौं पुगेका सुकुम्बासीहरु माडी फर्किन लागेका छन् ।

SwadeshPost